३९ वटै सडकको कालोपत्रे काम नलाग्ने

प्राविधिक आफैं ठेकेदार !


नरेन्द्र केसी, घोराही, दाङ। दाङको घोराही उपमहानगरपालिकाभित्र गरिएको  सडक रिसिलिङ र कालोपत्रे  गुणस्तरहीन रहे को  तथ्य खुलेको छ।

उपमहानगरपालिकाकै इन्जिनियर र प्राविधिकको ठूलो रकम हिनामिना गर्ने मनशायका कारण सडक गुणस्तरहीन बन्न पुगेको उपमहानगरपालिकाद्वारा गठित छानबिन समितिले जनाएको छ।

रिसिलिङका लागि कुल १ करोड २१ लाख ४२ हजार ८ सय ५७ रुपियाँको बजेट भए पनि कबोल सम्झौता ७५ लाख ७ हजार १ सय ५० रुपियाँमा भएको पाइएको छ।

२०७५ चैत १३ गते वेस्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो। चैतमा सम्झौता भए पनि कम्पनीले २०७६ जेठ २० बाट काम शुरू गरेको थियो।

सडक गुणस्तहीन भएको  भन्दै जनस्तरबाट व्यापक विरोध भएपछि उपमहानगरपालिकाको  असार २२ गतेको  कार्यपालिका बैठकले  छानबिन समिति गठन गरे को  थियो ।

समितिले  प्रदे श पूर्वाधार कार्यालयको  प्राविधिक सहयोगमा लामो  समय लगाएर गरे को  अध्ययनले  रिसिलिङ र कालो पत्रे  गरिएका सबै सडक गुणस्तरहीन रहे को  दे खाएको  हो।

६.३० किमि सडक कालोपत्रे गर्नुपर्नेमा २.८३ किमिमै कालोपत्रे कार्य रोकेको र काम गर्न नसकेकाले भुक्तानी रोकेको उपमहानगरपालिकाले जनाएको छ।

समितिले  पूर्वाधार महाशाखामा कार्यरत इन्जिनियर र प्राविधिक ठूलो  रकम हिनामिना गर्ने नियतका कारण सडक गुणस्तरहीन बनाएको  जनाएको  छ।

साथै ती प्राविधिकले  आफ्नै निर्माण उपकरण प्रयोग गरे को , उपकरण प्रयो गको  भाडामा पनि फरक–फरक दर लगाएको , उपभो क्तासँग एकखाले  इस्टिमेट ल्याएर उपभो क्तालाई जानकारी नदिई अर्कोखाले  प्रविधि प्रयो ग गरे को  आदिका कारण सडक गुणस्तरहीन भएको  समितिले  जनाएको  छ।

घो राही बजारभित्र रिसिलिङ गर्दा कहीँकतै आन्तरिक छलफल नै नगरी हचुवाको  भरमा ठे क्का प्रक्रिया अघि बढाएको  पाइएको पनि समितिले जनाएको छ।

समितिले  उपमहानगरले  कालोपत्रे  गर्ने तयारी गरे का ३८ वटा सडकको  काम पनि गुणस्तरहीन भएको  निष्कर्ष निकाले को  छ।

३८ वटा सडक ११ किलोमिटरको  वे स कोर्समध्ये  ग्रावे लसम्म र डब्ल्यूबीएमसम्मको  काम उपभो क्ता समितिबाट भएको  र त्यसपछिको  काम उपभो क्ता समितिबाट झिके र उपमहानगरका इन्जिनियर र प्राविधिकले  उपभो क्तासँग कुनै छलफल नगरी कालोपत्रे  गरेको  घोराही उपमहानगरपालिकाका प्रवक्ता तथा छानबिन समितिका संयो जक भरतमणि अर्यालले  जानकारी दिनुभयो ।

कालो पत्रे  गर्दा प्रयोग हुने  उपकरण तथा सामग्री बिटुमिन, चिप्स र गिट्टीको  बारे मा पनि उपभो क्तालाई कुनै जानकारी नदिएको  छानबिनका क्रममा पाइएको  उहाँले जानकारी दिनुभयो।

उपभो क्ताबाट झिके र प्राविधिकले  ठे केदारबाट कालो पत्रे  गराएको  भने  पनि अमूक ठेकेदारसँग उपभो क्ता समितिको  कतै संलग्नता नरहे को  र स्वयं प्राविधिकहरू नै ठेकेदार बनेको  प्रतिवे दनमा उल्ले ख छ।

अस्फाल्ट कालो पत्रे का लागि एयर कम्प्रे सर मे सिन, पे भर मे सिन, पे नुमे टिक रो लर प्रयो ग गर्नुपनेर्  भए पनि यी मे सिन कतै प्रयो ग गरे को  नपाइएको  जनाउँदै समितिले  यी सबै सडक गुणस्तरहीन रहे को  दे खिएको  जनाएको  छ।

इन्जिनियर र प्राविधिकलाई कारबाही

सडक रिसिलिङ र कालो पत्रे  गुणस्तरहीन बनाएको  आरोप लागे का इन्जिनियर र प्राविधिहरूलाई कारबाहीस्वरूप जिम्मे वारी घटुवा गरेको  उपमहानगरले  जनाएको  छ।

जसअनुसार पूर्वाधार महाशाखा हे र्ने इन्जिनियर रामधन श्रेष्ठलाई सिँचाइ हेर्ने जिम्मा दिइएको  छ भने मधुसूदन खतिवडालाई वडा नम्बर ५ मा पठाइएको  छ।यस्तै वीरबहादुर ओ लीलाई विपत् शाखा र तिलक केसीलाई वडा नम्बर ७ मा पठाइएको  छ।

प्राविधिकरूपमा प्रत्यक्ष संलग्न नभए पनि यो जना निर्माणमा संलग्न देखिएको  भन्दै प्रशासन शाखाका अधिकृत सुबो ध रेग्मीलाई वडा नम्बर ३ को  सचिवका रूपमा पठाइएको  प्रवक्ता अर्यालले  जानकारी दिनुभयो ।