जथाभावी प्राकृतिमाथिको शोषणका कारण पर्यावरणमा असर


यमलाल भुसाल, बुटवल । विश्वस्तरमा नै वातावरण असन्तुलित भएको वातावरण क्षेत्रमा काम गर्ने संघसस्था र त्यस क्षेत्रका विज्ञहरुले चिन्ता गर्दै आएका छन् ।

नेपालमा पर्यावरणको क्षेत्रमा सक्रिय रहेको भू– तथा पर्यावरण संरक्षण अभियान नेपालले जथाभावी प्राकृतिमाथिको दोहोनले वातावरण बिग्रिएको भन्दै खवरदारी गर्दै आएको छ ।

ठूला देशहरुको लापरवाही र नेपालमा भैरहेको जथाभावी प्राकृतिमाथिको शोषणका कारण पर्यावरणमा असर परेको दावी गरेको छ ।
विकासको नाममा प्राकृतिक उत्खनन् हुंदा पर्यावरणमाथि गम्भीर असर परेको भू–तथा पर्यायवरण संरक्षण अभियान नेपालका अध्यक्ष रश्मीराज नेपालीले बताउनु भयो् ।

प्रकृतिको उचित संरक्षण नहुंदा विश्वमा नै पर्यावरणमा असर देखिएको बताए । भू–तथा पर्यायवरण संरक्षण अभियान नेपालले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी मानव समाजबाटै प्रकृतिमाथि दोहोन हुंदा पर्यावरण बिग्रदै गएको चिन्ता गर्नु भयो । पूर्व सांसदसमेत रहेका राष्ट्रिय जनमोर्चाका नेता नेपालीले सरकारले भू– तथा पर्यावरण क्षेत्रमाथि भएको गम्भीर असरमाथि ध्यान नदिएको बताउनु भयो ।

विकास निर्माणका नाममा पहाडी क्षेत्रमा पर्यावरणलाई ध्यान नदिएर जथाभावी डोजर, इस्काभेटरको प्रयोगले प्राकृतिक दोहोन भएको बताउनु भयो । उहाँले देशव्यापी रुपमा बैज्ञानिक वन व्यवस्थापन र सांझेदारी वन बिकासको नाममा वन क्षेत्र अतिक्रमण भइरहेको उल्लेख गर्दै राष्ट्रपति चुरे मधेश संरक्षण विकास समिति चुरे कार्यक्रमलाई स्थानीय निकायलाई अधिकार सुम्पने नाममा प्राकृतिक उत्खनन् भएको बताउनु भयो ।

प्रकृति दोहोनलाई रोक्नुको साटो सरकारले स्वीकृति दिएकाले दाङ, अर्घाआँची, प्युठान, पाल्पा, त्रिशुली, नवलपुर लगायत पूर्वी भावर क्षेत्रमा प्रकृतिकमाथि जथाभावी दोहोन भैरहेको बताउनु भयो ।

राष्ट्रिय जनमोर्चाका प्रवक्ता तथा सांसद दुर्गा पौडेलले जथाभावी चुरे पहाड, नदीनाला उत्खनन् भएको र दाउराको नाममा वन जंगलमा चोरी निकासी भएको बताउनु भयो । निश्चित मापदण्ड नवनाई चुरे पहाड, नदीनाला उत्खनन् गरिंदा पर्यावरणमाथि असर परेको उनको भनाइ छ । विकासको नाममा अनावश्यक चुरे पहाड, नदीनाला उत्खनन् र वन जंगल फडानी गर्न नहुने बताउंदै विकासको लागि विज्ञहरुको सुझावमा आवश्यक नदीजन्य पदार्थ निकाल्न सकिने बताउनु भयो ।

प्राकृतिक सम्पदाहरु दोहोन गर्ने र सार्वजनिक जमिन अतिक्रमण गर्नेहरुलाई कारवाही गरी गरिव तथा विपन्नहरुलाई न्याय दिनुपर्ने बताइन । महेश रिजालको सञ्चालनमा कार्यक्रम भएको थियो ।