भाडामा बस्नेसङ्ग बढि भाडा नलिन कुलमानको चेतावनी


न्युज अफ नेपाल, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले घर भाडामा बस्नेसङ्ग बढि भाडा नलिन चेतावनी दिएको छ ।

प्राधिकरणको विगत ३ बर्षको उपलब्धि र भावी कार्ययोजनाका बारेमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै प्राधिकरणका कार्यकारि निर्देशक कुलमान घिसिङले घरबेटीलाई भाडामा बस्नेसँग बढी महसुल नलिन चेतावनी दिएका हुन् ।

केही घरबेटीले तोकिएभन्दा धेरै महसुल लिने गरेको गुनासो आएको बताउँदै घिसिङले भने, ‘घरबेटीले विद्युतको व्यापार गर्न पाउँदैनन् । त्यस्तो भएको अवस्थामा प्राधिकरणले हस्तक्षेप गर्न सक्छ । १३ रुपैयाँ युनिट तिरेर २० रुपैयाँ लिन पाउँदैनन् ।’

घिसिङले प्राधिकरणले आफ्नो चुक्ता पुँजीको २५ प्रतिशत बराबरको प्राथमिक शेयर निष्काशन गर्ने योजना पनि सुनाएका छन्। घिसिङले अब प्राधिकरणले स्मार्ट बिलिङ र मिटरलाई पनि तिव्रताका साथ अघि बढाउने उल्लेख गरे ।

घरबेटीहरूले बिजुलीको व्यापार गरेर सामाजिक अन्याय गरेको भन्दै घिसिङले बहालमा बस्नेहरूलाई पनि यस विषयमा सचेत रहन आग्रह गरे ।