एमबीबीएस प्रवेश परीक्षा लिने बाटो खुल्याे


न्युज अफ नेपाल, काठमाडाैँ । सर्वोच्च अदालतले एमबिबिएसको प्रवेश परीक्षा रोक्ने गरी यसअघि दिएको अन्तरिम आदेश बदर गरेको छ।
न्यायाधीश ईश्वर खतिवडा र मनोज शर्माको इजलासले उक्त परीक्षा नियमविपरित भएको भन्दै परेको रिटमा अन्तरिम आदेश नहुने निर्णय गरेपछि पहिलेको अन्तरिम आदेश बदर भएको थियो।

आइतबारको आदेशसँगै त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शिक्षण संस्थान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबिबिएसका लागि प्रवेश परीक्षा लिन बाटो खुलेको छ।

छात्रवृत्तिको विषय मुद्दाको अन्तिम टुंगो हुँदा निवारण हुने र शैक्षिक शत्रको कार्यतालिका नै प्रभावित हुने गरी अन्तरिम आदेश जारी गर्नु सुविधा सन्तुलनको दृष्टिले उपयुक्त नहुने इजलासको ठहर छ ।