बस एक आपसमा ठक्किदा  १० घाईते


सीताराम अधिकारी, धादिङ । धादिङकाे कालुपाण्डे अन्तरगत सिद्धलेक गाउपालिका वडा नं ६ मुक्तिनाथ मन्दिर नजिक आज साँझ भएकाे दुर्घटनामा १० जना घाईते भएका छन् ।

धादिङबेसी काठमाण्डै जाँदै गरेको बा ५ ख ८२७९ नम्बरको भाडा बस र मुग्लिनबाट धादिङबेसी आउदै गरेको बा ६ ख ९५६३ नम्बरको भाडा बस एक आपसमा ठक्कर खाएर दुर्घटना भएकाे ईलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानाकारी दिनुभयाे । घाईतेहरुकाे जिल्ला अस्पतालमा उपचार भईरहेकाे छ ।