सम्हाली राख हैको फस्ट लुक


सम्हाली राख है नामक फिल्मको फस्टलुक सार्वजनिक गरिएको छ। तारा शंकर फिल्मस् प्रालिको ब्यानरमा शंकर कार्कीको प्रस्तुति रहेको फिल्म हरिकृष्ण महर्जनले निर्माण गरेका हुन् भने आरएल मोक्तानले निर्देशन गरेका छन्।

अर्जुन कुँवर, शीतल केसी, राजेन्द्र गोपाली, आरोही बस्नेत, स्नेहशा कार्की, अञ्जना खत्री, शंकर कार्कीलगायतका कलाकारको अभिनय रहेको फिल्ममा विक्रम कार्कीको कथा, ग्रिस रिजालको सम्पादन, देव महर्जनको एक्सन, जनक कार्की र राजेश शाहीको नृत्य, राजेश श्रेष्ठ र दीपक रमणको संगीत समेटिएको छ।

निर्देशक आर एल मोक्तानकै पटकथा संवाद रहेको फिल्म काठमाडांै, कुलेखानी र दोलखाका रमणीय दृश्यमा खिचिएको छ।