पुनः दल दर्ता गर्ने नेकपाका निर्णय

0
Shares

काठमाडौं, (नेस)। नेपाल कम्युनिस्ट पार्टीले पुनः दल दर्ता निर्णय गरेको छ। नेकपा सचिवालय बैठकले मंसिरमा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्नुपर्ने कानुनी र संवैधानिक प्रावधानअनुसार नेकपाले पुनः दल दर्ता गर्ने निर्णय गरेको हो।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगले गरेको सूचनाको आधारमा दल दर्ता गर्ने निर्णय गरिएको बताउनुभयो।

उहाँले दल दर्ताको सम्पूर्ण प्रक्रिया पूरा गर्ने जिम्मेवारी महासचिव विष्णु पौडेललाई दिइएको छ।

प्रवक्ता श्रेष्ठले सांगठानिक एकीकरणको बाँकी काम टुंगो लगाउन छिट्टै बैठक बस्ने जानकारी दिनुभयो।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली स्वदेश फर्किएपछि बुधबार बसेको सचिवालयको बैठकले सांगठानिक एकीकरणको बाँकी काम टुंगो लगाउने अपेक्षा गरिएको थियो।

नेकपाले प्रवास कमिटी, ज्येष्ठ कम्युनिस्ट मञ्च, अनुशासन आयोग, महानगरपालिका, केन्द्रीय सल्लाहकार समिति, राष्ट्रिय परिषद्को एकीकरणको काम बाँकी छ।