सूर्य अवार्ड फेरि जापानमै

0
Shares

गत वर्ष जापानको टोकियोमा सूर्य इन्टरनेसनल अवार्ड–२०१८ सम्पन्न गरिसकेपछि दोस्रो शृंखलाको घोषणा राजधानीमा गरिएको छ।

अवार्ड आयोजक कम्पनी सूर्य कर्पोरेसन लिमिटेडका अध्यक्ष वासुदेव लामिछाने दोस्रो शृंखला आगामी नोभेम्बरमा टोकियोमै हुने घोषणा गरेका छन्।

अभिनय, गायन, नृत्य र हास्य विधामा अवार्ड आयोजना गरिने उनले बताए। यसपटक फिल्मका ६ र संगीतका ६ विधालाई समेटिएको छ।

मनोनयमा परेका कलाकर्मीलाई आयोजककै व्यस्थापनमा टोकियो लगिने कार्यक्रममा जानकारी गराइयो। अवार्ड अगाडि साताव्यापीरूपमा विभिन्न कार्यक्रमको आयोजना गरिनेछ।

अवार्डमा गत २०७५ साल वैशाख १ देखि चैत ३० गतेसम्म सार्वजनिक भएका फिल्म तथा गीत–संगीतले सहभागिता जनाउन पाउनेछन्।

अवार्ड समारोहमा २ दशक लामो फिल्मी यात्रा तय गरेका एक फिल्मकर्मीलाई लाइफटाइम एचिभमेन्ट अवार्ड, १ दशक लामो फिल्मी यात्रा तय गरेका फिल्मकर्मीलाई फिल्मकर्मी सम्मान र १ पत्रकारलाई फिल्म पत्रकारिता सम्मान पनि प्रदान गरिनेछ।