चट्याङ लागेर एक जनाको मृत्यु


न्युज अफ नेपाल, रूकुम । चट्याङ लागेर रुकुम पश्चिममा एक जनाको मृत्यु भएकको छ ।चट्याङले लागेर अन्य २ जना घाइते भएका छन् ।

त्रिवेणी गाउँपालिका–१० का ३६ वर्षीय केशरबहादुर खत्रीको मंगलबार दिउँसो साढे ४ बजे परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो । डाँडाछिवाङस्थित भाल्दुलामा रहेको गोठमा चट्याङ परेको जिल्ला प्रहरीले जानकारी दिएको छ । घाइते हुनेमा मुसीकोट नगरपालिका–१३ डाँडाछिवाङ घर भएका ३८ वर्षीय नैनसिंह खत्री र हाइवाङका ५२ वर्षीय आशीराम रोका रहेको प्रहरीले जनाएको छ ।