जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ


काठमाडौं । जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त काठमाडौं महानगरपालिका बसुन्धारा बस्ने जुम्ला सिजा गाउँपालिका-२ का ३१ वर्षीय मनोज खत्रीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

२०७४ माघ २० गते  काठमाडौं महानगरपालिका-१० बानेश्वर  बुद्धनगरबाट फरार भएका खत्रीलाई महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले बसुन्धाराबाट पक्राउ गरेको हो ।

खत्रीलाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त बानेश्वर पठाइएको उक्त महाशाखाले जनाएको छ ।