प्रदेश ५ मा १२६ डेंगुका बिरामी, महामारीको रुपमा अझै नफैलिएको सरकारी दाबि


बुटवल । प्रदेश नम्बर ५ मा डेंगु रोग महामारीको रुपमा अझै नफैलिएको सरकारी पक्षले दाबि गरेको छ । प्रदेश न ५ मा डेंगुको संक्रमणबाट १ जनाको मृत्यु भैसकेको सयौं जना बिरामी भएर थला पर्दा पनि सरकारी पक्षले भने यसलाइ सामान्य र बिगतका बर्षभन्दा कम प्रभाब भनेको छ ।

रिपोर्टर्स क्लव प्रदेश ५ ले मंगलवार बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रदेश ५ सामाजिक बिकास मन्त्रालयका निमित्त सचिब थानेश्वर ज्ञवालीले बाहिर हल्ला पिटिएजस्तो भयावह अबस्था नरहेको दाबि गर्नु भयो। उहाँले रोग नियन्त्रणका लागि सरकार लागि परेको जानकारी दिनु भयो । उहाँले सरकार लागि परेको र यस्मा सबैपक्ष जिम्मेबार बन्नुपर्ने भन्दै प्रदेश सरकारले स्थानीय सरकारसंग समन्वय गरिरहेको दाबि गर्नु भयो ।

प्रदेश ५ का स्वास्थ्य निर्देशक डा बिनोद गिरीले अहिले भयावह रुपमा डेंगु फैलिन नपाएको बताउनु भयो ।
उहाँले प्रदेश ५ मा १२६ बिरामी र ८७ जना अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिनु भयो । डेंगुबाट बच्नका लागि अब फुल कपडा लगाउनुपर्ने उहाँले सुझाव समेत दिनु भयो । ब्यबहार परिबर्तन गरेर डेंगु नियन्त्रणमा सबै लाग्न डा गिरिको सुझाब छ ।

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेन्डेट डा. कृष्ण खनालले अस्पतालमा अहिलेसम्म ६९ जना डेंगुका बिरामी उपचारका लागि आएको बताउनु भयो । यी मध्ये २३ जना बुटवलका र अन्य बुटवल बाहिरका भएको डा खनालले जानकारी दिनु भयो । उहाँले किट अभाब भयो भन्दै बजारमा हल्ला फैलिएको भन्दै भयाबह अबस्था नरहेको दाबि गर्नु भयो । ९० प्रतिशत डेंगु आफै निको हुने र १० प्रतिशत हेरचाह,स्वास्थ खानपान र उपचारपछि ठिक हुने बताउनु भयो । त्यस्तै जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरिले रुपन्देहीमा ९० मध्ये २० जनामात्रै उपचाररत रहेको र ७० जना घर फर्किसकेको बताउनु भयो ।

बुटवल उपमहानगरपालिकाको शिक्षा तथा स्वास्थ्य महाशाखाका प्रमुख मित्रमणि खनालले ४० जना मात्रै बिरामी भेटिएको र अहिलेसम्म १ जनाको पनि मृत्यु नभएको दाबि गर्नु भयो । उहाँले बुटटवलका १९ वटै वडा,३०२ टोल,९५ वटा स्कुलमा अभियान चलाइएको बताउनु भयो ।
मर्सिसिटी अस्पतालका अध्यक्ष जनक कोइरालाले ३२ जना बिरामी आफ्नो अस्पतालमा डेंगुको उपचार गरेको बताउनु भयो । अहिलेपनि १२ जना अस्पतालमै उपचाररत रहेको जानकारी दिर्नु भयो । यता बुटवल हस्पिटल प्रालिका डाइरेक्टर मुक्तिराज पौडेलले सरकारी बेवास्ताकै कारण दैनिक बिरामीको संख्या बढ्दै गएको बताउनु भयो ।

उहाँले बुटवल अस्पतालमा ६४ जना बिरामीको उपचार भएको बताउनु भयो । साक्षात्कार कार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको थियो ।