किसानलाई एक लाख राहत

0
Shares

रसुवा, (नेस)।लाङटाङ राष्ट्रिय निकुञ्जको कार्यालय रसुवाले बाली नोक्सान गरेको किसानलाई १ लाख १७ हजार शुक्रबार राहत प्रदान गरेको छ।

जिल्लाको उत्तरगया गाउँपालिका–४ र ५ बिमिरे ढुङ्गे मनीगाउँ बनुवा उपल्लो पौवा क्षेत्रका १३ किसानलाई उक्त रकम प्रदान गरेको हो।

खेतबारीमा लगाइएका कृषि उपज निकुञ्ज क्षेत्रका जनावरले नोक्सान गरेबापत निकुञ्ज क्षेत्रका जनावरले नोक्सान गरेबापत निकुञ्जले किसानका लागि भनेर राखेको राहत कोषबाट क्षतिपूर्तिबापतको राहत रकम प्रदान गरिएको निकुञ्जका वन प्राविधिक केशवराज भेटवालले बताए।

लाङटाङ राष्ट्रिय निकुुञ्जको जैविक विविधता संरक्षण प्रभावकारी हुँदै गएपछि वन जंगलको हराभराले वन्यजन्तुको संख्या वृद्धि हुदै जाँदा जनावरले आहारको खोजीमा रातिको समयमा खेतीपातीलगायतको ठाउँमा नोक्सान पुर्याउँदै गएको स्थानीय किसानको भनाइ रहेको छ।

त्यस्तै वन्यजन्तुबाट बाली नोक्सान गरेबापत नगद १० हजार पाउनेमा कालिक गलान, ठाकुर थिङ तामाङ, मानबहादुर सिंह बुलुन तामाङ, कमलनाथ घिमिरे, देवमाया पौडेल, ध्रुवप्रसाद आचार्य, वीरबहादुर बुलुन, किलादेवी लामिछाने रहेका छन्।