प्राङगारिक कृषिलाई अभियान वनाउनुपर्छः थापा


न्युज अफ नेपाल, सुर्खेत । कर्णाली प्रदेश सभाको बैठकमा प्राङ्गारिक कृषि सम्बन्धी विधेयक वहुमतले पारीत भएको छ । कर्णाली प्रदेश सभाको आइतवार वसेको चौथौ अधिवेशनको पच्चीसौ बैठकमा कर्णाली प्रदेश प्राङ्गारिक कृषि सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५ वहुमतले पारित भएको हो । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले ‘कर्णाली प्रदेश प्राङ्गारिक कृषिसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५ लाई पारित गरियोस भनि बैठकमा प्रस्ताव प्रस्तुत गरेपछि विधेयक वहुमतले पारित भएको हो ।

प्राङगारिक कृषिलाई अभियान वनाउनुपर्छ
कर्णाली प्रदेशसभा सदस्य अमरवहादुर थापाले प्राङगारिक कृषि सम्बन्धी ब्यवस्था गर्न वनेको विधेयक २०७५ को छलफलमा भाग लिदै प्रदेश सरकारले यसलाई अभियानका रुपमा लागु गर्नुपर्ने धारणा ब्यक्त गर्नुभयो ।

गाँउगाउमा अर्गानिकको महत्व वुझाउनका लागी सरकारले विज्ञको ब्यवस्था गर्नुपर्ने थापाको भनाईछ । भौगोलिकरुपमा विकट भएको प्रदेश भएको हुनाले राज्यले संचालन गर्ने हरेक योजना तथा कार्यक्रमसंग जोडेर अभियानका रुपमा लागु गर्न सांसद थापाले सुझाउनुभयो ।
कर्णालीलाई अर्गानिक वनाउन राासायनिकमल लाई प्रतिवन्द लगाएर जैविक मल तथा विषाधीको उद्योग स्थापना गर्नुपर्ने तथा कर्णालीलाई पुर्ण अर्गानिक वनाउन किसानलाई सरकारले विकल्प दिनुुपर्ने उहाँले वताउनुभयो ।

सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै कर्णाली प्रदेश सरकारका प्रवक्ता एंवम भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णालीलाई अर्गानिक वनाउन सरकारले अभियानका रुपमा कार्यक्रमहरु संचालन गर्ने वताउनुभयो । तिन तहको उचित समन्वय र सहकार्यवाट कर्णाली प्रदेश अर्गानिक वन्ने भन्दै केसीले यसमा सवैको महत्वपुर्ण योगदान आवश्यक भएको वताउनभयो ।

नेपालमा पहिलो पटक अर्गानिक कानुन वनेको वताउदै मन्त्री केसीले सवै भन्दा पहिला कर्णाली प्रदेश नै अर्गानिक वन्ने विश्वास ब्यक्त गर्नुभयो । अर्गानिक वनाउन कानुन अभाव थियो, अहिले कानुन पास भयो कानुनी आधार तयार अव प्रदेश अर्गानिक वन्छ उहाँले भन्नुभयो ।