१५ वर्षदेखि फरार बहुबिबाह मुद्दाका प्रतिवादी पक्राउ


न्युज अफ नेपााल, बारा । बहुबिबाह मुद्दाका फरार प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ। प्रहरीले बारा जितपुर सिमरा उपमहानगरपालिका वडा न.३ बस्ने  ४६ वर्षीय भरत श्रेष्ठलाई पक्राउ गरेको हो। श्रेष्ठलाई सवारी ज्यान मुद्दामा १ महिना कैद सुनाएकोमा हालसम्म करिब १५ वर्ष उनी फरार रहदै आएका थिए।

श्रेष्ठलाई ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो। श्रेष्ठलाई जिल्ला अदालत बारामा प्रस्तुत गरिएकोमा अदालतको आदेशले उनलाई तोकिएको कैद भुक्तानको लागी कारागार कार्यालय बिरगञ्‍ज ल्याइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।