रुखले च्यापिएर १ जनाको मृत्यु


न्युज अफ नेपाल, वीरगञ्ज । पर्सामा रुखले च्यापिएर १ जनाको मृत्यु भएको छ । रुखले च्यापिएर मृत्यु हुनेमा पर्सागढी नगरपालिका–५ जिङ्गनाका ५० बर्षीय सुरेश राय नट रहेका छन् ।

जङ्गलमा दाउरा लिन गएको समयमा रुख ढलेर सुरेशलाई च्यापेको र घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।