लागुऔषध र धारिलो हतियारसहित २ जना पक्राउ


न्युज अफ नेपाल, भक्तपुर । अवैध लागुऔषध र धारिलो हतियारसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेमा गोर्खाको सिरानचोक–२ स्थाई घर भई हाल भक्तपुरको बालकोट बस्ने २१ वर्षीय सुरथ थापा र २० वर्षीय कविराम पसखल रहेका छन् । उनीहरुको साथबाट लागुऔषध नाइट्रोभेटसहित धारिलो हतियार बरामद भएको प्रहरीले जनाएको छ ।