दुई सय किलो अवैध माछा बरामद


न्युज अफ नेपाल, विराटनगर। भारतबाट नेपालतर्फ ल्याउँदै गरेको दुई सय किलो अवैध माछा प्रहरीले बरामद गरेको छ ।

भन्सार छलि गरी ल्याएको सो परिमाणको माछा प्रहरीले आज विराटनगर भन्सार कार्यालयलाई बुझाएको छ ।

यस्तै दुई दिनको अन्तरालमा प्रहरीले मोरङको बेलबारी र जमुवाडिपबाट ३४० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।