कपिलवस्तुमा करेन्ट लागेर एककाे मृत्यु


न्युज अफ नेपाल, कपिलवस्तु । करेन्ट लागेर कपिलवस्तु नगरपालिकाका इलेक्ट्रीसीयन जितमनप्रसाद कान्दुको मृत्यु भएको छ । आइतबार कपिलवस्तुको नगरपालिका र सबैै कार्यालयमा शोक मनाउने घोषाणा गरेको छ ।

कपिलवस्तु नगरपालिकाको वडा नं १ हुलाक कार्यालय जाने बाटोको विद्युत पोलमा बल्ब फेर्ने क्रममा उनलाई करेन्ट लाग्यो । करेन्ट लागेपछि करेन्टको झड्काले उनि जमिनमा खसेर घाइते भए । घाइते उनलाइ उपचारको चितवनस्थित पुरानो मेडिकल कलेजमा लगिएको थियो । उपचारको क्रममा शुक्रवार राति अस्पतालमा उनको मृत्यु भएको कपिलवस्तु नगरपालिकाले जनाएको छ ।

५२ वर्षीय मृतक कान्दुको निधनप्रति कपिलवस्तु नगरपालिकाले गहिरो दुख व्यक्त गरेको छ । कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंह, उपप्रमुख लक्ष्मी देवी गुप्ता, प्रमुख प्रशासकीय अधिकृत विमल राज आचार्य लगायतले मृत आत्माको चीर शान्तिको लागि कामना गरेका छन् ।

मृतक कान्दुको शव चितवनबाट तौलिहवा तर्फ ल्याउने तयारी भएको बताइएको छ । कानुनी प्रक्रिया पुरा गरी शव परिवारजनलाई बुझाईने प्रहरीले जनाएको छ । स्वर्गीय कान्दुको निधनमा नगरपालिकाले शोक व्यक्त गर्दै कपिलवस्तु नगरपालिकाको कार्यालय र सबै वडा कार्यालयहरुमा एक दिन शोक विदाको घोषणा गरेका छ ।