राति ११.३० बजेपछि नेपाल टेलिकमको सेवा अवरुद्ध हुने


न्युज अफ नेपाल, काठमाडौँ । शनिबार राति ११.३० बजेपछि नेपाल टेलिकमको सेवा अवरुद्ध हुनसक्ने भएको छ ।

नेपाल टेलिकमले सूचना जारी गरेर फोरजी सेवा अपग्रेड गर्ने भएकोले सेवा अवरुद्ध हुनसक्ने जानकारी दिएको हो । मोबाइल सेवा अवरूद्ध भएमा मोबाइल स्विच अफ गरेर फेरि अन गर्न पनि टेलिकमले आग्रह गरेको छ ।

देशभर नै फोरजी सेवा विस्तार भइराखेको टेलिकमले जनाएको छ ।