जीप मर्स्याङ्दी नदीमा खस्याे


मनाङ । मनाङको सदरमुकाम चामेबाट यात्रु र समान लिएर मनाङ जाँदै गरेको बोलेरो जीप मर्स्याङ्दी नदीमा खसेको छ। शनिबार दिउँसो मनाङ ङिस्याङ गाउँपालिका १ भ्राताङको भीरबाट ब्रेकफेल भई खोलामा खसेको जिल्ला प्रहरी कार्यलय मनाङले जनाएको छ।

प्रहरीका अनुसार उक्त जीपमा सवार चालकसमेत पाँचैजना सकुसल रहेका छन्। गाडीमा १ टन फलामे रड र सिमेन्ट पनि लोड गरिएको बताएको छ। गाडी खोलामा खसेर पूर्ण रूपमा क्षति भएको बताइएको छ।