ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु


इलाम । ट्रक दुर्घटना हुँदा २ जनाको घटनास्थलमा मृत्यु भएको छ ।
मृत्यु हुनेमा १ जना झापाको दमक नगरपालिका–५ का ध्रुब कार्की रहेको प्रहरीले जनाएको छ । मृतकको भाउजुले प्रहरीलाई फोन गरेर ट्रकको चालक मेरो देवर हो भनेको आधारमा उनको पहिचान गरिएको प्रहरीले जानकारी दिएको हो ।

अर्का १ जनाको भने सनाखत हुन सकेको छैन । उनको शव ट्रकमुनि किचिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा घाइते भएका नरेश खड्का र रमेश चौहानको भने बिर्तामोडको बी एण्ड सी अस्पतालमा उपचार भैरहेको छ ।