पहिरोका कारण ४ घरपरिवार विस्थापित


न्युज अफ नेपाल, सोलुखुम्बु । पहिरोका कारण सोलुखुम्बुमा ४ घरपरिवार विस्थापित भएका छन्। अबिरल वर्षातसँगै घर माथिबाट पहिरो आउँदा सोलुदुधकुण्ड नगरपालिका ८ केरुङका ३ घर र माप्यदुधकोशी ६ मा १ घरपरिवार विस्थापित भएका हुन्।

केरुङका नरबहादुर खड्का, पूर्णबहादुर मगर र टेकबहादुर मगरको घरपरिवार विस्थापित भएका हुन्। पहिरो पीडित टेकबहादुर मगरका अनुसार सडक खन्ने क्रममा बस्ती र भूगोलको अवस्थालाई ध्यान नदिइँदा समस्या भएको हो। सडक निर्माण गर्दा खोल्सा कटान गरिए पनि भलको निकास नराख्दा आफूहरूको घरभित्रै भल पसेको पीडितले बताएका छन् ।

घर भित्र मात्रै पानी पसेन कि जमिननै पुरै चिरा चिरा भयो। एक पीडितले भने, घरमा बस्ने अवस्था नभएपछि पाल टाँगेर बस्न बाध्य छौं। सहयोगको याचना गर्दै जिल्ला प्रशासन कार्यालय आएका मगरले सडक निर्माणमा बस्ती र भूगोलको अध्ययन नगरिएको बताए। विकास भए पनि जनताको जीउधनको दीर्घकालीन अवस्थामा गम्भीर नहुँदा समस्या भएको छ।