गुण्डागर्दीमा संलग्न सात जना पक्राउ


न्युज अफ नेपाल, काठमाडौं । प्रहरीले गुण्डागर्दीमा संलग्न सात जनालाई दुइ वटा पेस्तोलसहित पक्राउ गरेको छ ।
उनीहरुलाई शनिबार अपरान्ह ४ः३० बजे माछापोखरीबाट दुइ वटा पेस्तोल र चार राउण्ड गोलीसहित प्रहरीले पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।