राईका हत्यारा पक्राउ

0
Shares

काठमाडौं, (नेस)। बूढानीलकण्ठ नगरपालिका–१० कपन मेलमिलाप चोक डेरा गरी बस्ने संजय राईको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका–१० बस्ने अजय राई रसोलुखुम्बुका सागर बस्नेत रहेका छन्। बूढानीलकण्ठ नगरपालिका–१० कपन आदर्श नगर नजिक उनीहरूसमेत ४ जनाले कुटपिट गर्दा गम्भीर घाइते भएका सञ्जय राईको शिक्षण अस्पताल महराजगन्जमा उपचारका क्रममा मृत्यु भएको थियो।