नेपाल समाचारपत्र, काठमाडौं। डिभिजन वन कार्यालय ललितपुरका डिभिजनल वन अधिकृत नवीन गिरीले थप जिम्मेवारी पाउनु भएको छ। प्रदेशअन्तर्गत उपत्यका पर्यटन कार्यालय स्थापना भएसँगै उहाँले सोही कार्यालयको प्रमुखको रूपमा थप जिम्मेवारी पाउनु भएको हो।
डिभिजन वन कार्यालय ललितपुरमा बुधबार उक्त कार्यालयको प्रदेश नम्बर तीनका उद्घाटन उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले गर्नुभएको थियो।उद्घाटनपछि कार्यालय प्रमुखको जिम्मेवारी वन अधिकृत गिरीलाई दिइएको मन्त्री नेपालले भन्नुभयो।
‘लामो प्रयासपछि उपत्यका पर्यटन कार्यालयको उद्घाटन गर्न पाएका छौं। अहिले वन अधिकृतज्यूलाई प्रमुख तोकेका छौं,’ मन्त्री नेपालले भन्नुभयो। कार्यालय प्रमुखको जिम्मेवारी पाएपछि वन अधिकृत गिरीले ‘आफूले चुस्त ढंगले सेवा प्रवाह गर्ने’ प्रतिवद्धता जनाउनुभयो।
‘कार्यालय स्थापनासँगै थप जिम्मेवारीको बोध भएको छ। सेवा प्रवाह चुस्त र व्यवस्थित ढंगले गर्नेछु,’ अधिकृत गिरीले भन्नुभयो। उक्त कार्याक्रममा पर्यटनसँग सम्बन्धित एजेन्सीका प्रतिनिधि, पर्यटन विभागका महानिर्देशक दण्डुराज घिमिरेलगायतले सम्बोधन गर्नुभएको थियो।
उक्त कार्यालयका लागि हाललाई १० जना कर्मचारीको दरबन्दी स्वीकृत गरी कर्मचारी खटाइएको कार्यालयका अधिकृत पवन कट्टेलले जानकारी दिनुभयो।
उक्त कार्यालयले प्रादेशिक विकासको नीति कानुन मापदण्ड योजना कार्यान्वयन र नियमन, ट्राभल तथा ट्रेकिङ एजेन्सी दर्ता अनुमति र नवीकरण, प्रादेशिक पर्यटनको प्रवद्र्धन, प्रादेशिक पर्यटकीय पूर्वाधारको विकास, पर्यटक प्रहरी व्यवस्थापन, पर्यटकीय होटल, रिसोर्ट लज ट्राभल गाईड, ¥याफ्टिङ आदिको प्रवद्र्धन दर्ता, अनुमति, नवीकरण र नियमनलगायतका काम गर्ने कार्यालयले जनाएको छ।











प्रतिक्रिया