बस्नेत हत्यामा संलग्न ३ जना पक्राउ


काठमाडौँ। काठमाडौँको स्वयम्भूका एक व्यक्तिको हत्या भएको छ। हत्या हुनेमा काठमाडौ नागार्जुन-५ बस्ने वर्ष २५को आकाश बस्नेत रहेको छन् । उनलाई छातीमा छुरी प्रहार गरी हत्या गरिएको छ । घटनामा संलग्न भएको आशंकामा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सुर्खेतका हिमांशु क्षत्री, धादिङका साकार भनिने सागर तामाङ र दोलखाका सुवास श्रेष्ठ उर्फ बुलेटलाई प्रहरीले पक्राउ गरेको छ ।
बस्नेतसहित हत्या आरोपित सबैले मादक पदार्थ र लागूऔषध सेवन गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
उनीहरु चोक नजिकै रहेको भट्टीबाट निस्किने वित्तिकै एकदमै सामान्य विषयमा झगडा भएको थियो ।

हिमांशुसँग सामान्य विषयमा भनाभन भइरहेका वेला साकार आएर छुरा प्रहार गरेको प्रहरी अनुसन्धानमा देखिएको छ। घटनामा अन्य व्यक्तिको पनि संलग्नता हुनसक्ने आशंकामा खोजी जारी राखिएको प्रहरीले जनाएको छ ।

मृतक बस्नेत वैदेशिक रोजगारीका क्रममा मलेसिया बसेर केहीअघि मात्रै स्वेदश फर्किएका थिए ।