छुरा प्रहार गरी एकको हत्या, कामदारलाई बाँधेर छतबाट खसालीयाे


काठमाडौ । काठमाडौको स्वयम्भूका एक व्यक्तिको हत्या भएको छ। हत्या हुनेमा काठमाडौ नागार्जुन-५ बस्ने वर्ष २५को आकाश बस्नेत रहेको छन् । उनलाई छातीमा छुरी प्रहार गरी हत्या गरिएको छ ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूका डिएसपी लालध्वज सुवेदीका अनुसार अनुसन्धान लागि ३ जना पक्राउ गरिएको र उनीहरुबारे अनुसन्धान भइरहेको छ।

डिएसपी सुवेदीका अनुसार बस्नेतको बायाँ छातीमा छुरा प्रहार गरिएको छ। हिजो राति बस्नेत र उनका केही साथीहरुबीच विवाद हुँदा उनको हत्या भएको हुनसक्ने आशंका गरिएको छ।

त्यस्तै कलंकीको नारायणी रेष्टुरेण्टमा खाजा खान गएका ६ जना व्यक्तिले त्यहाँ काम गर्ने कामदारलाई बाँधेर रेष्टुरेण्टको छतबाट खसालीदिदा उनी गम्भीर घाइते भएका छन्। उनको ग्राण्डी अस्पतालमा उपचार भैरहेको छ ।