गौतम र पौडेल सिङ्गापुर जाने


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थिति बुझ्नका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वाCमङ्गलबार सिङ्गापुर जाँदै हुनुहुन्छ ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्नका लागि उहाँहरु मङ्गलबार दिउँसो एक बजे त्यसतर्फ जान थालेको महासचिव पौडेलका स्वकीय सचिव यम पाण्डेले जानकारी दिनुभयो । स्वकीय सचिव पाण्डेका अनुसार प्रधानमन्त्रीसँगै उहाँहरु पनि स्वदेश फर्कनु हुने कार्यक्रम छ । प्रधानमन्त्री ओली भदौ ५ गते उपचारका लागि सिङ्गापुर जानुभएको थियो । उहाँको उपचार सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा भइरहेको छ ।
रासस