ह्याक प्रकरणमा पक्राउ परेकाे लुक्लीलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति


काठमाडौं । विमानस्थलबाट पक्राउ परेका चिनियाँ नागरिक सु लुक्लीलाई ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।नेपाली बैंकको एटीएम प्रणाली ह्याक गरेको प्रकरणमा आइतबार पक्राउ गरेको थियो ।

उच्च अदालत, पाटनले बैंकिङ कसूर सम्बन्धी मुद्दामा अनुसन्धानका लागि ६ दिन म्याद दिएको हो ।
काठमाडौं प्रहरी परिसर, टेकुका अनुसार आइतबार साँझ पक्राउ परेपछि सोमबार १० बजे अदालत उपस्थित गराएर अनुसन्धानका लागि म्याद मागेको थियो ।

दिउँसो पक्राउ परेका ठमेलको डेक्सो मनी एक्सचेन्जका सञ्चालक सञ्चालक देवनाथ लामिछाने, नेपाल मनी एक्सचेन्जका सञ्चालक रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दवाडीविरुद्ध पनि अनुसन्धान गर्न ६ दिन अनुमति प्राप्त भएको छ ।