दुई माेटरसाइकल ठाेक्किए लगत्तै ट्रककाे ठक्करबाट दुई युवकको मृत्यु,एक घाइते 


दाङ। दाङको देउखुरीमा सोमबार बेलुका भएको सवारी दुर्घटनामा परी २ जनाकाे मृत्यु भएको छ। भने एक जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत लमही-भालुबाङ सडक खण्डकाे पिपरीमा भएको दुर्घटनामा दुई जनाकाे मृत्यु भएको हाे। भने एक जना घाइते भएका हुन् लु १९ प ५५०६ र रा ३ प २०६१नम्बरकाे माेटरसाइकल एक आपसमा ठाेक्किए लगत्तै पश्चिमबाट पूर्वतर्फ गइरहेकाे ना ६ ख ६७७४ नम्बरको ट्रकले ठक्कर दिँदा रा ३ प २०६१ नम्बरको मोटरसाइकलमा सवार घाेराही-१५ निवासी २६ वर्षीय बालकृष्ण भण्डारी र लमही नगरपालिका ४ निवासी २७ वर्षीय विनायक चाैधरीकाे मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जानकारी दिएको छ।

दुर्घटनामा घाइते दुबै जनालाई उपचारको लागि लमही अस्पताल पुर्‍याइएकाे थियाे। अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घाेषणा गरेका थिए । त्यस्तै दुर्घटनामा परी लु १९ प ५५०६ नम्बरको मोटरसाइकलमा सवार राप्ती गाउँपालिका वडा नम्बर ८ बिजाैरीका २८ वर्षिय दिपक मरासिनी गम्भीर घाइते भएका छन् । घाइते मरासिनीलाई विष्ट पोलिक्लनीकमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जानकारी दिएको छ ।