बाल अधिकारसम्बन्धि रणनैतिक योजना निर्माण हुँदै


बासुदेव शर्मा, जाजरकोट । जाजरकोट छेडागाड नगरपालिकाले बाल अधिकारसम्बन्धि एकिकृत रणनैतिक योजन निर्माणको लागी कार्यतालिका निर्माण गरेको छ । दुई वर्ष भित्र बालमैत्री नगरपालिका घोषणा गर्नको लागी वाल अधिकार सम्वन्धि रणनैतिक योजना निर्माण गर्ने भएको छ ।

नगरपालिकाले वालवालिकाहरुको लागी आवश्यक वस्तुहरु निशुल्क शिक्षा सम्वन्धि निर्देशिका प्रारम्भिक बालविकास, नगर शिक्षा निति तथा योजना नगर तथा वडा स्तरिय वाल संरक्षण विकास लगाएतका निति निर्माण गर्ने भएको छ । समाजमा बृद्धी हुदै गएको वालविवाह न्युनिकरणको लागी रणनैतिक योजना नगर र वडा स्तरमा वालकोष संचालन व्यवस्थापन वाल सुरक्षा बहुुक्षेत्रिय पोषण योजना पारा सामाजिक कार्यकर्ता परिचालनका लागी निर्देशिका बालमैत्री स्थानिय शासन संचालनका लागी कार्यविधि उद्यमशिलता, नगर प्रमुख सग वालवालिका कार्यक्रम नगर प्रमुखसग वालबिबाह लैगिक हिसा बिरुद्धको अभियान गुणस्तरीय शिक्षा, अनुगमण तथा निरिक्षण लगाएतका कार्य विधि निर्माण गर्न लागेको छ ।

त्यस्तै, भेरी नगरपालिका, नलगाड नगरपालिका, शिवालय गाउँपालिकाहरुले गत वर्ष रणनैतिक योजना निर्माण गरी सकेका छन । छेडागाड नगरपालिकाले यस वर्ष निर्माण गर्न लागेको छ । यसैवाट प्रष्ट हुन्छ कतिपय गाउँपालिका नगरपालिका पुरानै शैलिबाट चलेका छन भन्ने ।
नगर कार्यपालिकाले निर्धारण गरेका रणनैतिक योजनाहरु यसै वर्षको चैत्र मसान्त सम्म निर्माण गर्ने योजना वनाएको छ । आगामी २०७७ सालमा अपाङ्गता भएका बालवालिका सम्वन्धि रणनैतिक योजना निर्माण हाजिरी लेखाजोखा, गुनासो सुनुवाई बालवालिकाहरुको सिकाई उपलब्धि सुधार गरिवी न्युनिकरण नगर युवा निति छात्रबृद्धी सहायोग अभिभावक शिक्षा जोखिम तथा अनाथ बालवालिकाहरुको लागी सामाजिक सुरक्षा लगाएतका योजनाहरुको रणनैतिक योजना निर्माण गर्न लागेको छ ।

नगरपालिकाको अधिकार क्षेत्र भित्रका सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरु सहितले रणनैतिक योजना निर्माण गरी कार्यक्रमहरु कार्यविधि अनुसार संचालन गरी समृद्ध नगरपालिका निर्माण गर्ने नगरपालिकाले जनाएको छ ।

रणनैतिक योजना निर्माण नगरी कार्यक्रमहरु संचालन गरे गर्नु पर्ने महत्वपुर्ण काम छुट्ने भएकोले आगामी वर्ष भित्र रणनैतिक योजना निर्माण गरी सवैलाई समान रुपमा कार्यक्रम संचालन गर्ने नगर प्रमुख लाल बहादुर महताराले बताउनु भयो ।