प्राविधिक शिक्षालयलाई एउटै डालोमा हालेर हेर्न हुँदैनः डा.भट्टराई


न्युज अफ नेपाल, भक्तपुर । निजी प्राविधिक शिक्षालय महासंघ नेपालले आफ्ना समस्याबारे पूर्वप्रधानमन्त्री एवं सत्तारुढ समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईको ध्यानाकर्षण गराएको छ ।
सरकारसँग ४ बुँदे बिभिन्न माग राख्दै आएको महासंघले आफ्ना मागप्रति पहलकदमी लिई सम्बोधन गराउने दिशामा लागिदिन डा.भट्टराईलाई आग्रह गरेको छ ।
ध्यानाकर्षणपत्र बुझ्दै पूर्वप्रधानमन्त्री एवं सत्तारुढ समाजवादी पार्टीका अध्यक्ष डा.भट्टराईले महासंघका जायज माग पुरा गर्न गराउन आफ्नो तर्फबाट सहयोग रहने बताउनुभयो ।
उहाँले एकदुई वटा संस्थाले गरेको कमजोरीलाई आधार मानेर सबै निजी प्राविधिक शिक्षालयलाई एउटै डालोमा हालेर हेर्न नहुने बताउनुभयो ।
महासंघले सरकार , बिभिन्न दलका नेता लगायत सरोकारवालालाई ज्ञापनपत्र बुझाउने क्रममा महासंघका अध्यक्ष शैलेन्द्र मोहन झा नेतृत्वको टोलीले डा.भट्टराईलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।
ध्यानाकर्षणपत्रमा शिक्षा मन्त्रालयका तत्कालिन सचिब दिपक शर्माको संयोजकत्वमा बनेको बैज्ञानिक शुल्क निर्धारण समितिको प्रतिबेदन सार्वजनिक गरी लागु गर्न सरकार समक्ष माग गरिएको छ ।
चिकित्सा शिक्षा ऐन २०७५ को अनुच्छेद १५ को उपदफा ५ मा उल्लेख भए बमोजिम स्वास्थ्य संकायको कार्यक्रमाको स्तरोन्नती गर्दै जाने बिषय अबिलम्ब कार्यान्वयन गर्न उसले माग गरेको छ ।
यसैगरी बर्षौदेखि सीटीभीटीको धरौटी खातामा केही रकम मुद्धती खातामा राखी त्यसको ब्याज केही संस्थाले केही संस्थाले पाईरहेको तर केही संस्थाको अरबौं रकम सीटीभीटीको बैंक खातामा निब्र्याजि रुपमा यतिकै बसी रहेको हुनाले उक्त ।रकमलाई मुद्धती खातामा राखी ब्याज उपलब्ध गराई दिने सम्बन्धमा ब्यबस्था मिलाईदिन सरकार समक्ष पहल गरिदिनहुन नेता डा.भटट्राईको ध्यानाकर्षण गराएको छ ।
२०६९ सालमा सीटीईभीटीबाट कार्यक्रम संचालन गर्नका लागि आब्हान भई भौतिक पुर्वाधार अनुगमनका लागि बिभिन्न संस्थाहरुबाट शुल्क जम्मा भई सकेको तर सो काम हालसम्म नभएको हुँदा तत्काल कार्यन्वयन गराउन जोड दार माग गरेको निजी प्राविधिक शिक्षालय महासंघका सचिब भुवनचक्र जोशीले बताउनुभयो ।