विपक्षी दल सरकारको आलोचना गर्नैमा मस्त


काठमाडौ । प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वर्तमान सरकारको काम कार्वाहीप्रति अहिलेसम्म असन्तुष्ट छन । जुनसुकै सार्वजनिक कार्यक्रममा सहभागी हुदाँपनि सरकारको नकारात्मक टिप्पणी गरेकै हुन्छन् । चुनावअघिको भाषणमा कम्यूनिस्टले जितेमा रुन पनि दिदैन भनेका देउवाले अहिलेपनि ‘सरकारले कम्युनिष्ट शासन ल्याउन खोज्यो, अधिनायकबाद लाद्न खोज्यो’ भनि नै रहेका छन् ।

कांग्रेसका सबैजसो नेताहरुले संसददेखि सडकसम्म सरकारप्रति नकरात्मक सुचना प्रवाह गरिरहेका हुन्छन् । गाली गलौजको मामलामा सत्तापक्ष समेत कम छैन । वेला मौकामा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि सरकारमा रहेका मन्त्रीहरुले समेत विपक्षीप्रति खनिरहन्छन्। उनीहरुले विपक्षी दलको टिप्पणी गरिनै रहेका हुन्छन्

दुवैपक्षबाट स्वस्थ बहस र आलोचनात्मक टिप्पणी मात्र भएको भएको भए बहुदलीय व्यवस्था वा लोकतान्त्रको श्रृगारको रुपमा लिन सकिन्थ्यो । तर पछिल्लो समय सत्तापक्ष होस् या प्रतिपक्षी दुवैले बहुदलीय व्यवस्था, संसदीय मूल्य–मान्यता र मर्यादाको सीमा नाघ्दै तल्लो स्तरमा ओर्लिएर गालीगलौज गरिरहेका छन् । केही महिनाअघि प्रतिपक्षी काग्रेसले संसदमा प्रधानमन्त्रीलाई बोल्न गरेपछि संसदीय मर्यादामा प्रश्न उठेको थियो । प्रतिपक्षीलाइ व्यक्त गरेको शव्दप्रति सांसदहरुले आपत्ति जनाएपछि संसदको रेकर्डबाटनै प्रधानमन्त्रीको आवाज हटाउनुपर्दा उनको आलोचना भएको थियो ।

सारमा हेर्दा यस्तो लाग्छ । प्रतिपक्ष दल र तिनका नेताको काम सरकारको आलोचना गर्ने तुच्छ टिप्पणी गर्दै कोहलो मच्चाउने हो । सरकारमा बस्नेहरुको काम पनि प्रतिपक्षीले लगाएका आरोपको आफ्नो कामबाट खण्डन गर्न छाडेर निम्न स्तरमा ओर्लिएर प्रतिक्रिया दिईरहने मात्र हो । यसले स्थापित गरेको नजिरलाई भविष्यमा सत्तापक्ष वा प्रतिपक्षले सुविधाका रूपमा ग्रहण गर्ने थिति बस्यो भने सत्ता वा प्रतिपक्षमा जोसुकै भएपनि द्धन्द्ध निम्तने खतरा छ । जसले लोकतन्त्र, संसदीय व्यवस्थाको भविष्यमै प्रश्न उठाईदिने छ ।