गाउँपालिकामा मदिरा निषेधित क्षेत्र घोषित

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।

पर्साको एक गाउँपालिकालाई पूण रुपमा मदिरा निषधित क्षेत्र घोषणा गरिएको छ ।

जिल्लको पकाहामैनपुर गाउँपालिकालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिने भएको छ । गाउँपालिकामा मदिराकै कारण हिंसाका घटना बढेको जनगुनासो पछि मदिरा निषेध गर्न लागिएको हो ।जेष्ठ नागरिकको सुरक्षा र जेष्ठ नागरिक विरुद्ध हुने अपराधकाबारेमा छलफल गर्न आयोजित कार्यक्रममा जनप्रतिनीधिहरुले गाउँपालिकालाई मदिरा निषेधित क्षेत्र बनाउने प्रतिबद्धता जनाएका हुन् ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजित छलफल कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विजय कुमार चौरसियाले गाउँपालिकालाई मदिरामुक्त क्षेत्र बनाइने घोषणा गर्नुभएको हो ।

।गाउँपालिकाको बोर्ड बैठकबाट पास गराएर गाउँमा मदिरा उत्पादन, बिक्री र सेवन सबैमा प्रतिबन्ध लगाउने उहाँको भनाइ छ । ‘केहि समय दिन्छौं, त्यसपछि पालिकामा मदिरा उत्पादन, किनबेच र सेवनमा समेत प्रतिबन्ध लगाउँछौं ।’

उहाँले भन्नुभयो, ‘अटेरी गर्नेलाई कारबाहीको पनि व्यवस्था गर्छौ ।’कार्यक्रममा सहभागी वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले पनि निर्णयमा सहमति जनाइसकेको उहाँको भनाइ छ ।