न्युज अफ नेपाल, काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी एकसाथ विदेश यात्रामा निस्केका छन्।
सोमबार बिहान महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खडगी र विदेश विभागका कर्मचारी यम बस्याल फिनल्याण्ड भ्रमणमा निस्किएका हुन्।
मेयर–उपमेयर दुवै विदेश यात्रामा निस्किएपछि कार्यवाहक मेयरकत्त जिम्मेवारी वडा नम्बर १ का अध्यक्ष भरतलाल श्रेष्ठलाई दिइएको छ।
महत्वपूर्ण काम र निर्णयत तत्कालका लागि नरहेकाले दुवैजना विदेश भ्रमणमा गएको बताइन्छ ।
पर्यटन वर्षलाई लक्षित गरी दुवैजना प्रचारका लागि गएको बताइएको छ ।
तर, मेयर शाक्य र उपमेयर खड्गी प्राकृतिक प्रकोप व्यवस्थापनको कार्याशाला गोष्ठीमा भाग लिन गएको पनि बताइन्छ ।
काठमाडौं महानगरपालिका पनि विश्व पर्यटन संघको सदस्य हो। त्यही निमन्त्रणमा मान्न प्रमुख र उपप्रमुख दुवै फिन्ल्यान्डतर्फ गएका महानगर स्रोतले जनाएको छ ।











प्रतिक्रिया