उपचार प्रक्रिया सकिएपछि शुक्रबार स्वदेश फर्किदै प्रधानमन्त्री ओली

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली बुधवार सातौं चरणको उपचार प्रक्रिया सकिएपछि शुक्रबार स्वदेश फर्किने भएका छन् ।

भदौ ५ गते स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाबाट एण्टीबडीको मात्रा घटाउन उपचार भइरहेको छ । ओलीले संसदीय काम कारवाही र विधेयकहरुको विषयमा जानकारी लिन नेम्वाङलाई फोन गरेका गरेको स्रोतले बतायो ।

नेकपा संसदीय दलका कार्यवाहक नेता सुवास नेम्वाङलाई आइतबार साँझ फोन गरेर ओलीले आफू ठीकठाक रहेको सन्देश प्रवाह गरिदिनसमेत आग्रह गरेका थिए ।

नेकपाका एक नेताका अनुसर आफू एकदम ठीक रहेको र यसअघिको निर्धारित कार्यक्रम अनुसार नै २० गते प्रधानमन्त्री नेपाल फर्किने भएका हुन् ।

आफू र प्रधानमन्त्रीबीच संसदीय काम कारवाहीकै बारेमा बढी कुराकानी भएको नेम्वाङले बताएका छन् ।