अपग्रेड गरिए २१ प्रशिक्षार्थी

0
Shares

हेटौंडा, (नेस) ।नेपाल क्योकुशिन कराँते डोजो मनहरी शाखाको दोस्रो वार्षिकोत्सवको अवसरमा बेल्टटेस्ट गरिएको छ। एक वर्षअघि शुरु गरिएको प्रशिक्षणलाई निरन्तरता दिँदै शाखाले २१ जना खेलाडीको बेल्टटेस्ट गरी अपग्रेड गरेको हो।

४० प्रशिक्षार्थीलाई बेल्टटेस्टमा सहभागी गराइएकोमा २१ प्रशिक्षार्थीहरू अपग्रेड गरिएको प्रशिक्षक लवाङ दोर्जेलामाले बताउनुभयो। नेपाल क्योकुसिन कराँते संघ केन्द्रीय सचिव रोशन कपालीको प्रमुख उपस्थितिमा मकवानपुर क्योकुसिन कराँते संघका बुद्धिनाथ न्यौपाने, विष्णु श्रेष्ठ, कुमार राई, लोकेन सिग्देल, नवीन सिग्देललगायत प्रशिक्षकको उपस्थितिमा बेल्टटेस्ट भएको हो।

बेल्टटेस्टका क्रममा ग्रीनबेल्टमा ३ जना, ब्लुबेल्टमा ११ जना र अरेञ्जबेल्टमा ७ गरी २१ जना खेलाडीको बेल्ट अपग्रेड गरिएको थियो। बेल्ट अपग्रेट भएका खेलाडीलाई प्रदेश–३ सांसद् ओमबहादुर घलान (प्रदीप) ले प्रमाणपत्र वितरण गरेका थिए।