प्याब्सन बास्केटबल जारी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।न्यु समिटले १०औं प्याब्सन मध्यक्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार जित हात पारेको छ। न्यु समिटले अक्सिडेन्टललाई ३२–१३ ले पराजित गर्यो ।

न्यु समिटका सशांकले १४ अंक जोडे। सोही स्पर्धामा अक्षरले सेवा सदनलाई २४–१८, सेन्ट पाउलले मैतीदेवीलाई ७–५ र सूर्योदयले अल्बर्टलाई १६–७ ले हराए। अक्षरका दीपेश जोशीले ८, सेन्ट पाउलका अनिश रोकाले ४ र सूर्योदयका रोमन राईले ६ अंक जोडे।

जुनियर ब्वाइजमा चैतण्यले अक्षरलाई १०–४ तथा स्पाङगेलले काठमाडौं नेसनल स्कुललाई २४–१६ ले पन्छाए। चैतण्यका विवेक कार्कीले ४ तथा स्पाङगेलका देवेन्द्रले १८ अंक जोडे।

सिनियर गल्र्समा काठमाडौं जेभियरले विज किड्सलाई १६–९, इनोभेटिभले अक्सिडेन्टललाई २४–१२ तथा अल्बर्टले केइएसलाई ६–४ ले पन्छाए। काठमाडौं जेभियरकी झरना लिम्बूले ७, इनोभेटिभकी सभ्यताले ८ र अल्बर्टकी स्वस्तीका कार्कीले ४ अंक जोडे।