महिला भलिबलको छनोट सम्पन्न

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।नेपाल भलिबल संघले १३औं सागका लागि पहिलो चरणमा १८ खेलाडी छनोट गरेको छ। श्रावण १ गते देखि प्रशिक्षण शिविरमा २५ खेलाडीलाई राखेर प्रशिक्षण प्रदान गरिरकोमा भाद्र १२ र १३ गते भएको छनोटबाट १८ खेलाडीहरू पहिलो चरणका लागि छनोट गरिएको भलिबल संघले जनाएको छ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई आधार मानेर १३औं दक्षिण एसियाली खेलकुदका लागि २५ खेलाडी छनोट गरिएको थियो। प्रारम्भिक चरणमा केही नियमित खेलाडीहरू टिममा पर्न असफल भएका थिए।

टिमबाट बाहिरिने ७ खेलाडीहरूमा लक्ष्मी कुमाल, ममता डगौरा, कविता भट्ट, यमकली कँुवर मगर, पुष्पा शाही, सरस्वती कटेल, चन्द्रकला खरेल रहेका छन्। सागमा पदक हात पार्न सफल भइसकेको महिला भलिबल टोलीमा पहिलो चरणमा स्थान बनाउन सफल १८ खेलाडीहरूमा प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, शान्ति थारु, उनिषा भण्डारी, आरती सुवेदी, अरूणा शाही, जानकी भम्गारी, कमला पुन, रेश्मा भण्डारी, पुनम चन्द, संगम महतो, सलिना श्रेष्ठ, शान्ति तामाङ, सोफिया पुन, उषा विष्ट, सुनिता खड्का, हीरा के.सी. रहेका छन्।