सल्यान, (नेस)।सल्यानमा जग्गा महिलाको नाममा पास गर्ने क्रम बढेको पाइएको छ। सरकारले महिला, दलित र ज्येष्ठ नागरिकका नाममा घरजग्गा पास गर्दा राजस्वमा छुट दिनथालेपछि उनीहरूको स्वामित्व बढ्दै गएको हो।
जिल्लामा महिलाका नाममा रजिस्टेसन पास गर्नेको संख्यामा वृद्धि हँुदै गएको मालपोत कार्यालय सल्यानले जनाएको छ। राजस्व छुट पाउने भएपछि वर्षेनी २० देखि ३० प्रतिशतसम्मले महिलाको नाममा घरजग्गाको स्वामित्वदर्तामा वृद्धि भएको कार्यालयका खरिदार दिपक बुढाथोकीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो–‘गत आर्थिक वर्ष २०७५–०७६ मा १ हजार ४ सय महिलाका नाममा घरजग्गा दर्ता भएको छ।’
यसरी जग्गापास गर्दा १ हजार ४ सय महिलालाई २७ लाख २७ हजार आठ सय ६८ रुपियाँ राजस्व छुट दिइएको मालपोत कार्यालयले बताएको छ। यस् तै गरी शहरी दलित ३ सय ३२ जना र ग्रामीण दलित १ सय ६९ गरी ५ सय १ जनालाई ५ लाख १ हजार ५ सय ६१ रुपि याँ राजस्व छुट दिएको बुढाथोकीले बताउनुभयो। आव २०७४–०७५ को तुलनामा गत आवमा उल्लेख्य मात्रामा महिलाको नाममा घर तथा जग्गा रजिस्टे«सन भएको छ।
शहरी क्षेत्रका महिलाका लागि २५ प्रतिशत र ग्रामीण क्षेत्रका महिलाका लागि ३० प्रतिशतसम्म मालपोत दस्तुरमा छुट दिने व्यवस्था गरेको छ।
मालपो त कार्यालय सल्यानबाट छुट पाउने महिला, दलित, अपांगगरी १ हजार ९ सय २ जनाले घरजग्गा रजिस्ट्रेसन गरेका छन्। जसबाट ३२ लाख ३० हजार ४ सय २९ रुपियाँ छुट भएको छ।











प्रतिक्रिया