नेपाल समाचारपत्र, भद्रपुर।टोक्यो जेको (छेपारो प्रजातिको जीव) को तस्करी गरेको आरोपमा २ जना नेपाली नागरिक भारतमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाका मोहनलाल क्षेत्री र ठाकुरप्रसाद गौतम रहेको भारतीय प्रहरीले जनाएको छ।
नेपाल–भारत सिमानास्थित सशस्त्र प्रहरी बल ४१ औं बटालियन (एसएसबी) को टोलीले टोक्यो जेको (छेपारो प्रजातिको जीव) सहित भारतको पश्चिम बङ्गालमा पक्राउ गरेको हो।
पश्चिम बङ्गालको दार्जिलिङ जिल्लास्थित नक्सलबारीबाट पानी ट्याङ्की–काँकडभिट्टा नाकातर्फ आइरहेका उनीहरूलाई गोप्य सूचनाका आधारमा एसएसबीले पक्राउ गरिएको जनाएको छ।
उनीहरूलाई आवश्यक अनुसन्धानका लागि एसएसबीले नक्सलबारीको रथ खोला वन विभागलाई बुझाइसकेको जनाइएको छ। उनीहरूले टोक्यो जेको कहाँबाट कुन प्रयोजनका लागि ल्याएको विषयमा केही खुलाएको छैन।
टोक्यो जेको उनीहरूले नेपाल लैजान खोजेको एसएबसीले आशंका गरेको छ। टोक्यो जेकोलाई घरेलु औषधीका रूपमा एड्स, क्यान्सर, दमजस्ता जटिल रोग निको पार्नमा प्रयोग गर्ने गरेको चिकित्सकको भनाइ छ।











प्रतिक्रिया