हाउडे मायाले ल्याइन् कर्कलाको पात


हाउडेमाया गायिकाका रूपमा युवापुस्तामाझ लोकप्रिय गायिका सिर्जना खत्री यति बेला तीज कार्यक्रमका लागि अस्ट्रेलियाको तास्मानिया छिन्। उनी नेपालमा नभए पनि यस वर्षको तीजलाई लक्षित गर्दै उनले ल्याएको तीज गीत कर्कलोको पातले भने लोकप्रियता कमाइरहेको छ।

सिर्जनाले केही दिनअघि आफ्नै स्वर शब्द तथा संगीतमा ल्याएको गीतको म्युजिक भिडियोमा उनको साथमा मोडल हिमानी ढुंगेल, दिपासा बिसी तथा अभिनेतृ वसुन्धरा भुसालको अभिनय रहेको छ।

सदाझैं आफूले यसपटक पनि गीतमा फरकपन तथा मौलिकता समेट्ने प्रयास गरेको सिर्जनाले बताइन्। युवराज खत्रीको छायांकन तथा सम्पादन रहेको गीतको म्युजिक भिडियोमा विक्रम चौहानको निर्देशन रहेको छ।