वल र चापागाईंलाई मोती पुरस्कार



पत्रकार, फिल्म निर्देशक तथा साहित्यकार फूलमान वल र धनकुटाका शंकर चापागार्इं (धनकुटे कान्छा) युवा वर्ष मोती पुरस्कारबाट सम्मानित भएका छन्। १ सय ५४औं मोती जयन्तीको अवसरमा संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले वल र चापागाईंलाई पुरस्कार हस्तान्तरण गरे।

नेपाल शिक्षा परिषद्द्वारा आयोजित समारोहमा कवि वल र चापागाइँले संयुक्तरूपमा ५० हजार रुपियाँ र स्वर्णपदक पाएका छन्। राष्ट्रिय युवा सेवा कोषले २०४२ बाट दिँदै आएको पुरस्कार यस वर्ष वल र चापागाईंले पाएका हुन्।

कथा, कविता र नाट्य विधामा कलम चलाउने वलका महाभारतकी मैच्याङ, काजोल खातुन, म्हेन्दोमायालगायतका कृति प्रकाशित छन् भने कविता र गजलमा कलम चलाउँदैका धनकुटेका इतिहास निफनेरलगायतका कृति प्रकाशित छन्।

प्रतिक्रिया दिनुहोस्