डेंगुको संक्रमण बढ्यो, एउटा बेडमा दुई बिरामी


रूपन्देही । प्रदेश ५ को तराई भेग वर्दिया, बाँके, दाङ्ग, कपिलवस्तु, रुपन्देही र नवलपसासीमा डेंगु रोगका बिरामीहरु बढेका छन् । रुपन्देहीमा मात्र ३७ जना डेंगु रोगका बिरामीहरु यतिबेला उपचार गराइरहेको लुम्बिनी प्रादेशिक अस्पतालले बताएको छ ।

२२ जना डेंगुका पोजिटिभ बिरामीहरु भेटिएका छन । उनीहरुले यहाँ उपचार गराइरहेका छन् । रुपन्देहीमा सबै गरेर ३७ जना डेंगुका बिरामीले उपचार गराइरहेका छन । हालसम्म झण्डै तीनसय जनाको रगत परीक्षण गरिएको र ती मध्ये डेंगुका बिरामीहरु फेला परेको हो ।

देश ५ का तराईका जिल्लाहरुमा डेंगुका बिरामीहरु फेला परेका छन् । ‘मुख्यगरी लामखुट्टेको टोकाईबाट बच्नुपर्दछ’ –अहिले कै तापक्रम केहि दिन रहने हो भने स्थिति भयावह पनि हुन सक्छ । लामखुट्टेको टोकाईबाट बच्न, हाफ कपडाहरु लगाउनुहुँदैन । सफा पानी, गमला, फ्रिज लगायतमा लामखुट्टे फुल पार्ने हुँदा त्यस्ता वस्तुबाट बच्नुपर्दछ ।

डेंगुसँगै टाइफस फिवर नामक बिमारको संक्रमण पनि बढेको त्यस अस्पतालका डाक्टरहरुले बताएका छन् । त्यस्तै ज्वरोका बिरामी पनि बढेका छन् । जसले गर्दा रुपन्देहीका अस्पतालहरुमा एउटा बेडमा दुईजना बिरामी सुताउने गरिएको छ । त्यस्तै डेंगु परिक्षण गर्ने किटको अभाव समेत भएको छ ।