म्यानपावर कम्पनी गाभिने


काठमाडौं । वैदेशिक रोजगारीमा कामदार पठाउने इजाजत पाएका म्यानपावर कम्पनीको धरौटी वृद्धि भएसँगै मर्जरमा जाने भएका छन्। एक्लै धरौटी पुर्‍याउन नसक्ने तथा एकै परिवारका फरकफरक सदस्यद्वारा सञ्चालित म्यानपावर कम्पनीले मर्जरमा जान थालेको बताइएको छ ।

आगामी बुधबारसम्ममा सबै म्यानपावर व्यवसायीहरूले वैदेशिक रोजगार नियमावलीको पाँचौ संसोधन अनुसार लागू गरीएको नयाँ धरौटी रकम राखिसक्नु पर्नेछ।

धरौटी राख्ने अन्तिम मिति नजिकिँदै गर्दा मर्जरमा जाने म्यानपावरको संख्या बढ्दै गएको छ। शनिबारसम्म २ सय १४ म्यानपावर कम्पनी मर्जरमा गएका छन्।

मर्जरमा जाने म्यानपावर कम्पनी गाभिएर ९२ वटा म्यानपावर कम्पनी बन्न लागेको वैदेशिक रोजगार विभागमा तथ्यांक सार्बजनिक भएको छ ।

‘मर्जरमा जाने म्यानपावर कम्पनीको संख्या बढ्दै गइरहेको छ। ६ वटासम्म म्यानपावर मिलेर एउटै म्यानपावरमा गाभिएका छन् ।

शनिबारसम्म मर्जरमा जानका लागि ७५ वटा निवेदन विभागमा परेका छन्। ३ वटा म्यानपावर कम्पनी गाभिन ७ वटा निवेदन, ४ वटा गाभिन ८ वटा निवेदन, ५ वटा गाभिन १ वटा निवेदन र ६ वटा गाभिन १ वटा निवेदन परेको विभागले बताएको छ ।

आइतबार धरौटी तथा मर्जरका लागि आउने म्यानपावरको चापमा केही कमी आएको छ ।
‘म्यानपावर व्यवसायीलाई धरौटी रकम राख्नका लागि अन्तिम मिति भदौ १८ गते राति १२ बजेसम्म समय छ, त्यो अवधि भित्र धरौटी नबुझाउने म्यानपावर कम्पनीको इजाजत स्वतः खारेज हुनेछ,’उनले भने, ‘मर्जरमा भने उनीहरु आफ्नो इच्छा अनुसार जहिले पनि जान पाउने छन्।