मदिरा निषेधित क्षेत्र घोषणा हुने


पर्सा । पर्साको पकाहामैनपुर गाउँपालिकालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिने भएको छ । गाउँपालिकामा मदिराकै कारण हिंसाका घटना बढेकाले मदिरा निषेध गर्न लागिएको हो ।

एक छलफल कार्यक्रमको आयोजना गर्दै जनप्रतिनीधिहरुले गाउँपालिकालाई मदिरा निषेधित क्षेत्र बनाउने प्रतिबद्धता जनाएका हुन् ।

आइतबार आयोजित छलफल कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विजय कुमार चौरसियाले गाउँपालिकालाई मदिरामुक्त क्षेत्र बनाइने घोषणा गरेका हुन् ।

गाउँपालिकाको बोर्ड बैठकबाट पास गराएर गाउँमा मदिरा उत्पादन, बिक्री र सेवन सबैमा प्रतिबन्ध लगाउने उनको भनाइ छ । ‘केहि समय दिन्छौं, त्यसपछि पालिकामा मदिरा उत्पादन, किनबेच र सेवनमा समेत प्रतिबन्ध लगाउँछौं । अटेरी गर्नेलाई कारबाहीको गरिने बताइएको छ ।