सोमबार सार्वजनिक बिदा


जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले हिन्दू धर्मावलम्बीको पर्व चौठचन्द्र र हरितालिका तीजको अवसरमा सोमबार सार्वजनिक बिदा दिने भएको छ ।

उपमहानगरपालिका कार्यालयका निमित्त प्रमुख तथा प्रशासकीय अधिकृत गणेशप्रसाद यादवले एक प्रेस विज्ञप्ति जारी गर्दै सोमबार जनकपपुरधाम उपमहानगरपालिकाभित्र सार्वजनिक बिदा दिएको जानकारी गराउएको हो ।

मिथिलाञ्चलमा चौठचन्द्र पर्व सन्तानको दीर्घायू, परिवारको सुखी, दाम्पत्य, शान्ति एवं समृद्धका लागि मनाइन्छ भने तीज पर्व महिलाहरुले पति र सन्तानको दीर्घायुको कामना गर्दै मनाउने गर्दछन् ।

चौठचन्द्र पर्वमा महिलाहरुले व्रत बस्दै नयाँ चामलबाट बनाइएका चामलको पुरी, खिर, दही, फलफूल लगायतका विशेष परिकार साँझमा हातमा लिएर चन्द्रमाको दर्शन गर्ने गर्दछन् । त्यसपछि ती परिकार प्रसादको रुपमा ग्रहण गर्ने चलन पनि छ ।