दाङमा पनि डेङ्गु देखियो 


दाङ । दाङमा पनि दुई जनामा डेङ्गु देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका अनुसार भदौको पहिलो साता २ जनामा डेङ्गु देखिएको हो । तुलसीपुर उपमहानगरपालिका–६ मा एक महिला र वडा नं १९ मा एक पुरुषमा डेङ्गुको सङ्क्रमण फेला परेको हो ।

अत्यधिक ज्वरो र टाउको दुखाई भएपछि उपचारका लागि राप्तीलाइफ केयर अस्पतालमा आएका ती दुईमा डेङ्गुको सङ्क्रमण देखिएको हो । दुवैको अहिले उपचार भइरहेको छ । गतबर्ष भने यो रोग देखिएको थिएन । लामखुट्टेलाई मार्नका लागि खोज तथा नष्टगर्ने अभियान सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ । लामखुट्टे खोज्ने र मार्ने अभियानसँगै पानी जम्ने गरी राख्न नहुने उहाँले बताउनुभयो ।