क्षमता विकास, नेतृत्वदायी भूमिका तथा सुरक्षासम्बन्धी कोर्ष संचालन हुने 


काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले एपीएफ कमाण्ड तथा स्टाफ कलेजमा संचालन हुने पाँचौ एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको आईतबार उद्घाटन गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा एक समारोहका बीच पाँचौ एपीएफ कमाण्ड तथा स्टाफ कोर्षका उद्घाटन गर्नुभएको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा मध्यमस्तरका अधिकृतको नेतृत्व क्षमता विकास गरी नेतृत्वदायी भूमिका तथा सुरक्षा चुनौतीलाई विश्लेषण गरेर अगाडी बढ्न यो कोर्षले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले मुलुकले चाहे जस्तो अधिकृत उत्पादन गर्न यो कोर्षले सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो । संगठनलाई प्राप्त जिम्मेवारी पूरा गर्न एपीएफ अधिकृतहरुलाई यस कोर्षले थप ज्ञान प्रदान गर्ने चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले सुरक्षा संगठनमा यस किसिमको कोर्षको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो ।

 

‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई सफल तुल्याउन हामी सवैले आ–आफ्नो तहबाट योगदान पु¥याउनु पर्ने बताउनुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो कोर्षमा सहभागि अधिकृतहरुले प्रशिक्षणको दौरानमा आर्जन गरेको ज्ञानलाई आपूm मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत सिकाउँदै कार्यक्षेत्रमा अगाडी बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालयका मानवीकी तथा सामाजिक शास्त्र संकायका सहायक डिन डा. गोपाल धौवञ्जरले यस्ता कोर्षले सहभागी अधिकृतहरुलाई व्यावसायीक ज्ञान अभिबृद्धि गर्न सघाउ पु¥याउने बताउनुभयो । उहाँले यस्ता कोर्षले सीमा सुरक्षा, औद्योगिक सुरक्षा लगायतका विभिन्न क्षेत्रहरुमा ज्ञानमा अभिबृद्धि गर्न मद्दत पुग्ने तथा सुरक्षा चुनौतीलाई सामना गर्न सघाउ पुग्ने उल्लेख गर्नुभयो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा चुनौती तथा सुरक्षा रणनीति, द्वन्द्व व्यवस्थापन, संयुक्त राष्ट्रसंघीय पद्धती, नेतृत्व र बिकास, सीमा भन्सार तथा औद्योगिक सुरक्षा, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा, विपद् व्यवस्थापन लगायत सुरक्षा, विकास र शान्ति लगायतका विविधि विषयहरु उक्त एपीएफ कमाण्ड तथा स्टाफ कोर्षमा समेटिएको कुरा सो समारोहमा जानकारी गराइएको थियो ।

उक्त कोर्ष एक वर्ष ६ महिना अवधिको रहेको छ । सो कोर्षमा सशस्त्र प्रहरी बल, नेपालबाट १९ जना तथा राष्ट्रिय अनुसन्धान विभागबाट एक जना सहभागी रहेका छन् ।