पहिरोले घर पुरिदा आमासहित २ छोरीको ज्यान गयो


बासुदेव शर्मा, जाजरकोट । अविरल वर्षाका कारण जाजरकोट भेरी नगरपालिका २ तिमिलेमा शनिवार राति घरमा आएको पहिरोमा पुरिएर तिन जनाको ज्यान गएको छ । पहाडी भिरालो जमिनका कारण घर भन्दा माथिको काल्ला भासिए पछि आएको पहिरोले घर पुरिदा एकै परिवारका तिन आमा छोरीको ज्यान गएको हो ।

राति करीव दुई वजे तिर घरमा सुति रहेको अवस्थामा घर भन्दा माथिबाट आएको पहिरोले पुरिएर भेरी नगरपालिका २ तिमिलेका दल बहादुर वलीकी श्रीमति ३२ वर्षिय पार्वति वली ९ वर्षिय छोरी मोतिकला वली र ३ वर्षिय छोरी धनसरा वलीको मृत्यु भएको छ भने दल वहादुर वली सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरिक्षक श्याम बहादुर खत्रीले जानकारी दिनु भयो ।

घरमा सुति रहेको अवस्थामा पार्वति वली र उनका छोरीहरु मोलिकला, धनसरा वली पुरिएका हुन भने अर्को कोठामा सुतेका दल वहादुर वली घर भत्किदा भागेर बाच्न सफल भएको प्रहरी उपरिक्षक खत्रीले वताउनु भयो ।

वली समुदायको वाहुल्यता रहेको तिमिले गाउँ खलंगबाट पैदल दुरीमा करिव तिन घण्टाको समय लाग्ने गरेकोले घटना हुन साथ पाँचकाटिया प्रहरी चौकी, सदमुकाम खलंगाबाट नेपाल प्रहरी, शसस्त्र प्रहरीको टोली घटना स्थल गएको थियो । घटना रातको समय दुर्गम गाउँ भएका कारण पुरिएकाहरुलाई वचाउन नसकिएको प्रहरीले जनाएको छ ।

भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकास घर्तिले प्राकृतिक प्रकोपको सम्भावना धेरै भएकोले सम्पुर्ण नगरवासीहरुलाई सचेत रहेर वस्ना अनुरोध गर्नु भएको छ ।